समाचार
कचनकवल गाउँपालिकाको परिचय
नेपालको पुर्व झापा जिल्लाको दक्षिणमा अवस्थित पुर्व दक्षिणमा भारतसंग सिमाना जोडिएको नेपालकै होचो स्थानमा रहेको यो गाउँपालिका रहेको छ | नेपालको पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कचनकवल गाउँपालिका रहेको छ। यस कचनकवल गाउँपालिका कुल क्षेत्रफल १०९.४५ व.कि. मि. रहेको छ । बिभिन्न जनजातिहरुको बसोवास रहेको यस गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, राजवंशी, गनगाई, लिम्वु, राई, दमाई,सल्थाल, ताजपुरिया, मगर, तामाङ, गुरुङ, माझी आदिको वाहुल्यता पाईन्छ । यस गाउँपालिको सिमाना पुर्वमा भारत, पश्चिममा बाह्रदशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ |