कचनकवल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय | प्रदेश नं १,झापा"व्यवसायिक कृषि र उद्यममा आधारित पर्यटकीय पूर्वाधार-शिक्षा, स्वास्थ्य र यातायात संजाल कचनकवल समृद्धिको आधार"
परिचय नेपालको पर्वमा झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्वर दक्षिणमा भारतसंग सिमाना जोडिएको, नेपालकै होंचो स्थानमा भएको गाउँपालिका यस गाउँपालिका को सिमाना पुर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से. सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ |
कचनकवल -४, केचना झिलमा Solar Pannel जडान कार्य सम्पन्न र CCTV को काम सुरु हुँदै । अबको हरेक कामकार्य तथा गतिविधिहरु प्रविधि मार्फत निरीक्षण र अनुगमन गाउँपालिकाबाटै गरिने ।
कचनकवल कार्यालयद्वारा “जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारी बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम”
आज मिति २०७६-०८-०४ गते बुधबारका दिन कचनकवल गाउँपालिकाका अध्यक्ष श्री अन्जरा आलमज्युको अध्यक्षतामा लोकसेवा तयारी कक्षा संचालन सम्बन्धित उद्धघाटन कार्यक्रम |